स्नातकोत्तर तहमा डाटा साईन्स विषयको नयाँ विद्यार्थी भर्ना सम्बन्धि कार्यक्रम २०८०
स्नातकोत्तर तहमा डाटा साईन्स विषयको नयाँ विद्यार्थी भर्ना सम्बन्धि कार्यक्रम २०८०
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलमा सेमेष्टर प्रणाली अनुसार पठन पाठन हुने दुई वर्षे स्नातकोत्तर तहको Master in Data Science (MDS) कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त निम्नानुसारको भनां कार्यक्रम प्रकाशित गरिएको छ ।
१) न्यूनतम शैक्षिक योग्यता :
क) त्रि.वि. वा सो बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तहमा कम्तिमा CGPA 2 वा द्वितिय श्रेणी वा सो सरहको प्राप्ताइ ल्याई B.E. / B.Sc. CSIT/BIT/BCA/B. Math. Sc./B.A/B.Sc. (Mathematics/Statistics)/B.A./B.Sc. with Mathematics/Statistics in first two year, BIM with one Mathematics and one Statistics वा सो सरहको उपाधी प्राप्त गरेको
हुनुपर्नेछ ।
ख) विदेशी शैक्षिक संस्था वा अन्य विश्वविद्यालयहरुवाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र त्रि.वि. बाट समानस्तर (Equivalence) प्राप्त गरेको कागजात पेश गर्नुपर्नेछ ।
ग) आवश्यक न्यूनतम योग्यता पुरा नगरेका विद्यार्थीहरुले फारम भरेको वा प्रवेश परीक्षा दिइएको पाइएमा आवेदन रद्द गरिनेछ ।
२) आवेदन प्रक्रिया
क) विज्ञान तथा प्रविधि अध्ययन संस्थानको webpage//iost.tu.edu.np मा राखिएको M.Sc. प्रवेश परीक्षाको आवेदन फारमको Link आवेदक स्वयम्ले भरी अनलाईन वाटै सोही वेभपेज मार्फत Submit गर्नुपर्ने छ ।
ख) आवेदन फारम इन्टरनेट सुविधा भएको कुनै पनि स्थानबाट तोकिएको अवधी भित्र कुनै पनि समयमा भर्न सकिने छ । तोकिएको समय पश्चात अनलाईन फारम स्वतः बन्द हुनेछ ।
ग) प्रवेश परीक्षा शुल्क वापतको रकम रु.२२,००/- (अक्षेरुपीः दुई हजार दुई सय मात्र) अनलाईन पोर्टलमा
रहेको app तथा link प्रयोग गरेर अनलाईन माध्यमबाट शुल्क जम्मा गर्न सकिने छ। साथै नेपाल भित्रको ग्लोवल आई.एम. ई. बैंक लि. को कुनै पनि शाखावाट विज्ञान तथा प्रविधि अध्ययन संस्थान प्रवेश परीक्षाको लागि सो बैंकबाट तयार गरिएको विशेष भौचर भरी डीनको कार्यालयको ग्लोवल आई.एम.ई. बैंक लि. कीर्तिपुर शाखामा रहेको खातामा पनि जम्मा गर्न सकिनेछ। प्रवेश परीक्षा शुल्क वापत बुझाएको रकम फिर्ता हुने छैन ।
घ) आवेदकले फारम भर्दा अनलाईन पोर्टलमा उपलब्ध निर्देशनलाई अनिवार्य रुपले पालना गर्दै जानकारीहरु तथा अपलोड गर्नु पर्ने सामाग्रीहरु सहित Submit गर्नु पर्नेछ । आवेदनको न्यूनतम योग्यता प्रमाणीत गर्न ट्रान्सक्रिप्ट/मार्कसिटहरु, समानस्तर प्रमाणपत्र, आवेदकको हस्ताक्षर (कालो मसि प्रयोग गरेको) तथा MRP Standard फोटो लगायतका सामाग्रीहरु तयार गरेपछी मात्र अनलाईन फारम भर्न सूचित गरिन्छ । धमिलो पढ्न नसकिने डकुमेन्ट प्राप्त भएमा आवेदन स्वीकृत हुने छैन ।
ङ) स्नातक तहको ट्रान्सक्रिप्ट नभएको अवस्थामा सबै वर्षको मार्कसिटहरुको सिङ्गल PDF फाईल बनाई अपलोड गर्नु पर्नेछ ।
च) विद्यार्थीले उपलब्ध परीक्षा केन्द्रहरु मध्ये आफुले परीक्षा दिन चाहेको केन्द्र तोक्न सक्नेछन् ।
छ) आवेदन पश्चात Acknowledgement Page डाउनलोड गरी राख्नु पर्नेछ । जसमा भएको जानकारीहरु र बैकवाट प्राप्त भौचर कोड प्रयोग गरी आ-आफ्नो आवेदनको अवस्था र तोकिएको समय पश्चात प्रवेश पत्र प्राप्त गर्न सकिने छ । प्रवेश पत्र आवेदक आफैले Color Print गरी आफूले तोकेको परीक्षा केन्द्रमा गई प्रवेश परीक्षा दिनु पर्नेछ। प्रवेश परीक्षा दिन जादा प्रवेश पत्रको साथै आफ्नो परिचय खुलाउने फोटो सहितको ID (जस्तै नागरिकता प्रमाणपत्र वा सवारी चालक प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा पछिल्लो शैक्षिक तहको प्रवेशपत्र) पनि ल्याउनु पर्नेछ ।
३) अनलाईन फारम भर्ने मिति :
आवेदन फारम २०८०/०८/०७ गते विहिवार बिहान १०:०० बजे देखी २०८०/०८/२५ गते सम्म अनलाईन मार्फत भर्न सकिने छ ।
४)प्रवेश परीक्षा सम्बन्धि कार्यक्रम :
क) लिखित, अन्तवार्ता र शैक्षिक योग्यताका आधारमा नयाँ भर्ना लिइनेछ । जसअन्तर्गत लिखित परीक्षाको ७०%, अन्तर्वार्ताको १५% र शैक्षिक योग्यताको १५% प्राप्ताङ्कको आधारमा योग्यताक्रम प्रकाशित गरिनेछ ।
ख) लिखित परीक्षा स्नातक तहको पाठ्यक्रमको आधारमा Mathematics (25 Marks), Statistics (25 Marks), Computer Science and Information Technology (25 Marks), Technical English (10 Marks) Logical Reasoning (15 Marks) विषयहरुवाट १०० पूर्णाङ्कको सोधिनेछ ।
जसको समयावधि २ घण्टाको हुनेछ ।
ग) लिखित परीक्षाको प्रश्नहरु एक अड्डको Multiple Choice Question हुनेछ ।
घ) लिखित परीक्षाको नमुना प्रश्नपत्र स्कूलको वेभसाइट www.sms.tu.edu.np बाट प्राप्त गर्न सकिनेछ । ङ) लिखित परीक्षा मिति, समय र केन्द्र डीन कार्यालयले तोके बमोजीम हुनेछ ।
५) समावेशी कोटा सम्बन्धमा :
स्कूलले त्रि.वि. सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार जम्मा ४० सिटमा ८०% (३२ जना) खुल्ला र २०% (०८ जना) समावेशी कोटाको आधारमा भर्ना गरिनेछ । समावेशी सिटको लागि स्कूलको वेभसाइटमा भएको फारम भरी सो मा उल्लेखित कागजातको स्वयान कपि info@sms.tu.edu.np मा पठाउनुको साथै अन्तर्वार्ताको दिन सक्कल प्रति नै बुझाउनुपर्नेछ ।
प्रा.डा. नारायण प्रसाद पहारी
निर्देशक